कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन
कञ्चनपुर । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले जिल्लाभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई प्रचलित शिक्षा ऐन तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ।
एकाइ कार्यालयका प्रमुख लक्ष्मण गिरीका अनुसार केही संस्थागत विद्यालयहरूले चर्को शुल्क असुल गर्ने, पुराना विद्यार्थीबाट समेत विभिन्न नाममा वार्षिक शुल्क लिने तथा नयाँ भर्नाका लागि परीक्षा शुल्क उठाउने गरेको गुनासो प्राप्त भएको छ।
शुल्क लिएबापत विद्यालयहरूले कुनै पनि आधिकारीक रसिद नदिने गरेलगायतका विभिन्न माध्यमबाट कार्यालयमा उजुरी प्राप्त भइरहेको उनले उल्लेख गरे। यस्ता गतिविधि प्रचलित शिक्षा ऐन, नियमावली, विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०७८ विपरीत रहेको जनाउँदै उनले त्यस्ता कार्य तत्काल रोक्न आग्रह गरे। एकाइले सम्बन्धित स्थानीय तहलाई समेत क्षेत्रभित्रका विद्यालयहरूको अनुगमन गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण