गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा
तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् ।
व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो । पर्वतले गोरखालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा नवलपुरलाई पराजित गर्दै तनहुँ जिल्लाले फाइनलको यात्रा तय गरेको छ । तनहुँले नवलपुरलाई ३–१ सेटले पराजित गरेको छ ।
महिलातर्फको सेमिफाइनल खेलमा तनहुँलाई हराउँदै कास्की जिल्ला फाइनल प्रवेश गरेको छ । यस्तै दोस्रो सेमिफाइनल खेलमा पर्वतलाई हराउँदै म्याग्दी जिल्ला फाइनल प्रवेश गरेको छ ।
तेस्रो स्थानका लागि पुरुषतर्फ गोरखा र नवलपुरबीच तथा महिलातर्फ तेस्रो स्थानका लागि पर्वत र तनहुँबीच खेल हुनेछ ।
फाइनल खेल आज दिउँसो ३ बजे हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण