द्वन्द्वपछि कतारको पहिलो तेल ट्यांकर स्ट्रेट अफ होर्मुज पार
तेहरान । कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा ट्यांकर स्ट्रेट अफ होर्मुज पार गर्दै पाकिस्तानतर्फ गएको छ ।
जहाज निगरानीसम्बन्धी तथ्यांकले यसको पुष्टि गरेको हो । 'अल खराइतियात' नामक उक्त ट्यांकर इरान र अमेरिकाबिच फेब्रुअरीको अन्त्यदेखि सुरु भएको तनावपछि होर्मुज जलडमरू मध्य पार गर्ने कतारी स्वामित्व तथा सञ्चालनमा रहेको पहिलो ट्यांकर भएको जलयातायात विश्लेषकहरूले बताएका छन् ।
आइतबार बिहान ४ बजे (ईटी समयअनुसार) उक्त जहाज गल्फ अफ ओमान क्षेत्रमा रहेको बताइएको छ ।
मरिन ट्राफिकका अनुसार जहाजले क्वेश्म टापु नजिक इरानद्वारा स्वीकृत उत्तरी मार्ग प्रयोग गर्दै होर्मुज पार गरेको थियो ।
२ लाख घनमिटरभन्दा बढी तरल ग्यास बोक्न सक्ने अल खराइतियातले यस महिनाको सुरुमा रस लफान निर्यात केन्द्रबाट ग्यास लोड गरेको थियो । सामान्य अवस्थामा कतारले विश्वको झन्डै २० प्रतिशत एलएनजी आपूर्ति गर्ने गर्छ । तर हालको द्वन्द्वका कारण कतारको उत्पादन बन्द गरिएको तथा मुख्य ग्यास पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण