बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

आइतबार, २७ वैशाख २०८३, २० : ४९
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकाेटीले जानकारी दिए ।

महाधिवेशन कार्यविधि २०८३ अनुमोदन, महाधिवेशनको मिति प्रस्ताव लगायत विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको बुर्लाकोटीले जानकारी दिए। 

‘महाधिवेशनको सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय समितिको बैठक बोलाइएको हो । त्यसमै बढी केन्द्रित हुन्छ’, रातोपाटीसँग महामन्त्री बुर्लाकोटीले भने। 

वैशाख २० गते बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, संसदीय दलको विधान संशोधन गरेको थियो । रास्वपाले भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप