लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग
मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य ऊर्जा प्रणालीमार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो ।
गाउँपालिकाले हरित ऊर्जा प्रयोगमा ल्याएसँगै हरित ऊर्जा घोषणा गर्ने तयारी गरेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थिति प्रणाली (इको सिस्टम) मा प्रभाव पार्ने भएकाले हरित ऊर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाद्वारा कार्यान्वयनमा ल्याइएको सौर्य ऊर्जा प्रविधिको हरित ऊर्जा विकासले पालिकाभित्रका नागरिकलाई सकारात्मक प्रभाव पार्ने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । बढ्दो कार्बन उत्र्सजनलाई घटाउन यसप्रकारका प्रविधि उपयोगी हुने उनको बुझाइ छ । हरित ऊर्जा विकासका लागि गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने सौर्य ऊर्जा क्षमता व्यवस्थापन गर्न बेट्री, सोलार प्यानललगायत आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ ।
यो प्रविधिबाट हरित ऊर्जा प्रयोगमा आएसँगै पालिकाभित्रका सबै प्रशासनिक शाखामा विद्युतीय कार्य गर्न हरित ऊर्जा प्रयोग गरिने अध्यक्ष विष्टले बताए । हरित ऊर्जा प्रविधिको प्रयोगले गाउँपालिकाको कार्यसम्पादनलाई सहज र विश्वसनिय बनाउने उनले विश्वास व्यक्त गरे ।
गाउँपालिकाले यो प्रविधिलाई पाँचवटै वडा कार्यालय र स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य लिएको छ । वातावरणीय जोखिम कम गर्दै दिगो विकासमा जोड दिने सरकारको दीर्घकालीन लक्ष्यअनुसार हरित सौर्य ऊर्जा प्रविधि जडान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण