यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
सोमबार, ०१ असार २०८३, १३ : ५९
सारांश
- एमाले सांसद यशोदाकुमारी बरालले 'बेचेको' शब्द प्रयोग गरेपछि सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन्।
- तामाङले सरकारले मधेस, कर्णाली र सुदूरपश्चिमको नाम बेचेर भोट ल्याएको भन्ने आरोपको प्रमाण माग गरेकी थिइन्।
- सभामुखले बराललाई बोल्न निर्देशन दिएपछि उनले बजेटलाई फूलपातीको संज्ञा दिएकी छिन्।
काठमाडौँ । एमाले सांसद यशोदाकुमारी बराल बाेल्दै गर्दा सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन् । तामाङले ‘बेचेको’ भन्ने शब्द प्रयोग गरेको भन्दै उनले नियमापत्ति गरेकी हुन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उनले सरकारले मधेस, कर्णाली र सुदूरपश्चिमको नाम बेचेर भोट ल्याए पनि अहिलेको बजेट त्यो अनुसार नआएको बताएकी थिइन् ।
तर, तामाङले नियमापत्ति गर्दै ‘कहाँ बेचेको, कसले बेचेको, के बेचेको ? तपाईँसँग यसको प्रमाण छ’ भन्दै प्रश्न गरेकी थिइन् । तर, सभामुखले बराललाई अघि बढ्न निर्देशन दिए । उनले अहिलेको बजेटलाई फूलपातीको संज्ञा दिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण