बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता

सोमबार, ०१ असार २०८३, १३ : ०३
सोमबार, ०१ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
  • वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) ले उम्मेदवारी दर्ता गराएका छन् ।
  • प्रेम बोहोरालाई सभापतिको दाबेदार मानिए पनि उनको उम्मेदवारी परेको छैन ।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

एक नेताका अनुसार, वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) को उम्मेदवारी दर्ता भएको हो ।

प्रेम बोहोरालाई पनि सभापतिको दाबेदार मानिएको थियो । यद्यपि उनको उम्मेदवारी अहिलेसम्म परेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप