कर्णाली प्रदेश
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
सोमबार, ०१ असार २०८३, १२ : २५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
- सर्वसम्मतिको प्रयास असफल भएपछि वीरेन्द्रनगरको शुभ होटलमा आइतबारदेखि सुरु भएको अधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको हो।
- सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको र सोमबार नै निर्वाचन सम्पन्न गर्ने कार्यतालिका छ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्वको लागि निर्वाचन नै भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको हो।
अधिवेशन आइतबारदेखि वीरेन्द्रनगरको शुभ होटलमा सुरु भएको छ । प्रतिनिधि छनोटको विवादका कारण आइतबार अन्य काम भएन ।
_XH45phRFcR.jpg)
निर्वाचन कमिटीले मापदण्ड विपरीत ल्याइएका प्रतिनिधिबारे छलफल गरेको थियो । अहिले सहमति पश्चात् निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
_MHuloZCKL5.jpg)
अहिले उम्मेदवारी दर्ताको काम सुरु हुन लागेको छ । सभापतिका लागि चार जनाको आकाङ्क्षा रहेको बताइएको छ ।
निर्वाचन समितिले तयार गरेको कार्यतालिका अनुसार, सोमबार नै निर्वाचन सम्पन्न गर्ने भनिएको छ । ११ बजे नै उम्मेदवारी दर्ताको समय भएपनि हालसम्म उम्मेदवारी दर्ताको अन्तिम नामावली सार्वजनिक भएको छैन ।
_nLuq4G0moQ.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण