‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
सारांश
- नेकपा सांसद युवराज दुलालले केही मन्त्रालयले अहिले पनि बजेट थपघट गरिरहेको बताएका छन् ।
- उनले कार्यक्रम पुस्तिका प्रकाशन नगरी मन्त्रालयहरूले बजेट थपघट भएको गाइँगुइँ हल्ला आएको उल्लेख गरे ।
- उनले डिजिटल प्रविधिमैत्री सरकारले बजेट आएको १८ दिनसम्म पनि किन बजेट पुस्तिका सार्वजनिक नगरिएको भन्दै प्रश्न गरे ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले केही मन्त्रालयले अहिले पनि बजेट थपघट गरिएको बताएका छन् । उनले कार्यक्रम पुस्तिका प्रकाशन नगरी मन्त्रालयहरूले बजेट थपघट भएको गाइँगुइँ हल्ला आएको उल्लेख गरे ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले डिजिटल प्रविधिमैत्री सरकारले बजेट आएको १८ दिनसम्म पनि किन बजेट पुस्तिका सार्वजनिक नगरिएको भन्दै प्रश्न गरे ।
‘मलाई लाग्थ्यो– प्रविधिमैत्री सरकारले बजेट आएको भोलिपल्टै कार्यक्रम पुस्तिकाको डिजिटल कपि प्रकाशन गर्छ भन्ने अपेक्षा गरेको थिएँ । तर, केही मन्त्रालयले अहिलेसम्म पनि सार्वजनिक गरेका छैनन् । आज छलफल हुने मन्त्रालयको पुस्तिका हिजोसम्म पनि पाइएन’ उनले भने– ‘भोलिका दिनमा उहाँहरूले पनि हिजो पनि हेरफेर हुन्थ्यो, मैले पनि गरेँ भन्ने त होइन ?’
अहिले १८ मन्त्रालयमध्ये केही मन्त्रालयको मात्रै वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) मा प्रकाशन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण