संसद् बैठक
‘नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास हो’
सोमबार, २८ वैशाख २०८३, १४ : २९
सारांश
- नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारको नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास भएको बताएकी छन्।
- उनले लोकतन्त्रमा सरकार सार्वभौम संसद्भन्दा शक्तिशाली हुन नसक्ने तर्क गरेकी छन्।
- सांसद अर्यालले सरकारले सुकुमबासी बस्तीमा डोजर आतङ्क मच्चाएको र न्यायपालिकामा कब्जा जमाउने प्रयास गरेको आरोप लगाएकी छन्।
काठमाडौँ । नेकपा एमालेकी पद्मा अर्यालले सरकारको नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अर्यालले सरकारले ल्याएको अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विरोध गरेकी हुन् ।
लोकतन्त्रमा सार्वभौम संसदभन्दा सरकार शक्तिशाली हुन नसक्ने बताइन् । ‘लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ तर, सार्वभौम संसद् भन्दा शक्तिशाली हुन सक्दैन,’ सांसद अर्यालले भनिन् ।
उनले सरकारले उपयुक्त विकल्पबिना सुकुमबासी बस्तीमा डोजर आतङ्क मच्चाएको बताइन् । उनले न्यायपालिकामा समेत कब्जा जमाउने प्रयास थालेको त होइन भन्दै प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण