सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त भएपछि सरोकारवालाको चासो (तस्बिरहरू)

मङ्गलबार, २९ वैशाख २०८३, ०९ : ३२
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनाको निर्माण कार्य सुस्त भएपछि स्थानीय तह र सरोकारवालाले चासो व्यक्त गरेका छन्।
  • आयोजनाको समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ, तर बिटुमिन अभावका कारण मुख्य सडक कालोपत्र गर्ने काम प्रभावित भएको छ।
  • निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि र बजारको असहज अवस्थाले गर्दा निर्माण कम्पनीहरूले कामको गति सुस्त बनाएका छन्।

भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा विस्तार भइरहेको सडक आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्।  बनेपामा आयोजना निर्माण व्यवसायी तथा सरोकारवालाबिच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो।

छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सडकहरू अवरोधरहित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। बनेपास्थित पुण्यमाता खोला पुल र भैंसीपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ।

त्यस्तै पुलबजार क्षेत्रमा वर्षायाममा हुने डुबान रोक्न पुण्यमाता खोला गहिर्‍याउने, सफाइ गर्ने तथा संरक्षणका काम अगाडि बढाइने जनाइएको छ। खोलामाथिको पुलको सुरक्षाका लागि आवश्यक संरचनात्मक काम नि शीघ्र सम्पन्न गरिने तयारी गरिएको छ।

suryabinayak dhulikhel (2)

सरोकारवालाले मुख्य सडक पूर्ण रूपमा कालोपत्र गर्न तत्काल सम्भव नभए पनि कम्तीमा सर्भिस ट्र्याक सञ्चालनयोग्य र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। सडक निर्माणको अव्यवस्था र धुलाम्मे अवस्थाका कारण दैनिक यात्रा प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको थियो।

आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको छ। मुख्य लेनमा कालोपत्र गर्ने तयारी भइरहे पनि बिटुमिन अभावका कारण काम प्रभावित भएको जनाइएको छ। आवश्यक सामग्री व्यवस्थापनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ।

suryabinayak dhulikhel (3)

करीब १५ दशमलव ८ किलोमिटर लामो उक्त सडक आयोजना तीन वर्षअघि सुरु गरिएको हो। पछिल्ला दुई महिनायता निर्माणको गति सुस्त बनेको छ। निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि तथा बजारको असहज अवस्थाका कारण काम प्रभावित भएको निर्माण कम्पनीहरूको भनाइ छ। यसअघि चालु आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल सो लक्ष्य प्रभावित बनेको देखिएको छ। तस्बिर : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

suryabinayak dhulikhel (4)suryabinayak dhulikhel (5)suryabinayak dhulikhel (6)suryabinayak dhulikhel (7)suryabinayak dhulikhel (8)suryabinayak dhulikhel (9)suryabinayak dhulikhel (10)suryabinayak dhulikhel (11)suryabinayak dhulikhel (12)suryabinayak dhulikhel (13)suryabinayak dhulikhel (14)suryabinayak dhulikhel (15)suryabinayak dhulikhel (16)suryabinayak dhulikhel (17)suryabinayak dhulikhel (18)suryabinayak dhulikhel (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप