फरार रहेका प्रतिवादी पक्राउ
मङ्गलबार, २९ वैशाख २०८३, १० : ०४
सारांश
- उदयपुरमा १० वर्ष कैद सजाय फैसला भई फरार रहेका ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
- त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रबाट हिँडडुल गरिरहेको अवस्थामा निजलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
- जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका मगरलाई उदयपुर जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको छ ।
उदयपुर । १० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
हिजो साँझ करिब ८ बजे त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निजलाई उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण