जसले डुंगा दुर्घटनाबाट १३ जनाको उद्धार गरे, तर आफै डुबे
लागोस । जोसेफ ब्लाङसन सधैँ राम्रो पौडीबाजको रुपमा चिनिन्थे । जब उनी चढेको डुंगा दुर्घटनामा पर्यो र पल्टियो, उनले पानीमा हामफालेर अरुलाई जोगाउन दोस्रो पटक सोचेनन् ।
उनी एक्लैले १३ जनालाई पानीबाट उद्धार गरे । एकपछि अर्को व्यक्तिलाई किनारसम्म ल्याउँदै गर्दा २ सन्तानका पिता थाकिसकेका थिए ।
१४ औँ व्यक्तिलाई उद्धार गर्न जब उनी पुनः पानीमा हामफाले, आफै डुबे ।
रिभर स्टेट प्रहरीका प्रवक्ता नाम्डी ओमोनीले सिएनएनसँग कुरा गर्दै २४ जना सवार डुंगा दुर्घटनामा परेको थियो ।
उनले उक्त दुर्घटनामा ज्यान गुमाउनेमा ब्लाङसन एक मात्र यात्रु भएको पनि पुष्टि गरे । ब्लाङसनले १३ जनको ज्यान जोगाए भने बाँकी १० जनालाई अन्य डुंगाका चालकहरुले उद्धार गरेका थिए ।
अहिले ब्लाङसनलाई सुपरहिरोको संज्ञा दिइएको छ । उनकी पत्नी मर्सीले भनिन्, ‘उनी सँधै मायालु र दयालु व्यक्ति थिए । हाम्रो सन्तानका लागि असल पिता दिए । उनी निःस्वार्थ थिए ।’
मर्सीका अनुसार दक्षिण नाइजेरीको पोर्ट हारकोर्टका निवासी ब्लाङसन आफ्नो गाउँ गएका थिए र आफ्ना दुई बहिनीसँगै डुंगामा सवार थिए । दुई बहिनीको सकूशल उद्धार गरिएको छ ।

‘उनी शनिबार पनि काम गर्ने हुँदा म उनलाई घरमा पर्खिरहेको थिएँ । तर, कामबाट उनी सिधै आफ्नो गाउँ गए र जब २ बजेतिर मैले फोन गरेँ, मोबाइल स्वीचड अफ भइसकेको थियो,’ मर्सीले भनिन् ।
दुर्घटनाको एक हप्तापछि पनि आफ्नो छोराछोरीले ‘पापा खोई ?’ भनेर सोध्ने गरेको मर्सीले बताइन् । ‘मैले फोनमा कसैसँग कुरा गरे पनि त्यो पापा हो भनेर सोध्छन् किनभने ऊ जहिले बाहिर जाँदा भिडियो च्याट गर्थे,’ उनले भनिन् ।
उनको चार वर्षको छोरा र सात महिनाकी छोरी रहेकी छिन् । घरमा आमदानी स्रोत ब्लाङसन एक्ला थिए । जसले परिवारमा थप संकट ल्याएको छ ।
उनले सरकारले काम खोज्न आफूलाई सहयोग गर्ने आशा गरेकी छिन् ।
ब्लाङसनको कथा यतिबेला समाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण