‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई
मङ्गलबार, २९ वैशाख २०८३, १६ : ३२
सारांश
- ‘मकै बारी दराम दराम’बाट चर्चामा आएकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले एसइई परीक्षामा सफलता हात पारेकी छन् ।
- तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ठकुरीले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।
- सानै उमेरमा विवाह गरेर पढाई रोकिन पुगेकी सुष्माले १४ वर्षपछि पुनः अध्ययन सुरु गरी सफलता प्राप्त गरेकी हुन् ।
काठमाडौँ । ‘मकै बारी दराम दराम’बाट पछिल्लो समय चर्चामा रहेकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सफलता प्राप्त गरेकी छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर उत्तीर्ण भएकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो खुसी कल्पनाभन्दा बाहिरको भएको बताएकी छन् ।
काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरी कपनको दीक्षालय स्कुलमा परीक्षा दिएकी सुष्माले १४ वर्षको अन्तरालपछि पुनः कलम समातेर सफलता प्राप्त गरेकी हुन् ।
२०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा ‘भागी विवाह’ गरेकोले गर्दा पढाई अगाडि बढाउन नपाएकी उनले अहिले भने अध्ययन अगाडि बढाइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण