काठमाडौँ उपत्यकाका सडकबाट १३१ जना मगन्तेको उद्धार
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सडकमा मागी खाई हिँड्ने मानिसहरूको उद्धारका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा चलाइएको अभियानका क्रममा कुल १३१ जनालाई नियन्त्रणमा लिई उद्धार गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ अन्तर्गतका विभिन्न इकाईहरूले १०५ जनालाई नियन्त्रणमा लिएका छन्। जसमा ६६ जना पुरुष, २२ जना महिला, ९ जना बालक र ८ जना बालिका रहेका छन्।
उद्धार गरिएकामध्ये ४० जनालाई गौशालास्थित होल्डिङ सेन्टरमा राखिएको र १६ जनालाई आफन्तको जिम्मा लगाई पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतले बताए। काठमाडौँबाट नियन्त्रणमा लिइएका अन्य ४९ जना भने हाल स्क्यानिङको प्रक्रियामा रहेको उनले जानकारी दिए।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत १९ जना पुरुष र ७ जना महिला गरी कुल २६ जनालाई सडकबाट उद्धार गरिएको छ। ललितपुरबाट उद्धार गरिएकामध्ये २ जनालाई मानव सेवा आश्रम धापाखेल पुऱ्याइएको र २ जनालाई आफन्तको जिम्मा लगाइएको बस्नेतले उल्लेख गरे।
बाँकी २२ जनालाई भने हाल जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङका लागि राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण