एसईईमा मौलापुरको नतिजा उत्कृष्ट
सारांश
- माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रौतहटको मौलापुर नगरपालिकाले ९०.२३ प्रतिशत नतिजा हासिल गरेको छ।
- परीक्षामा सहभागी चार सय २० विद्यार्थीमध्ये तीन सय ७९ जना उत्तीर्ण भएका छन्, जसमा २१ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन्।
- नगरपालिकाले शिक्षा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी बजेट लगानी र आधुनिक कक्षाकोठा निर्माण जस्ता कार्यहरूले शैक्षिक उपलब्धिमा सुधार आएको जनाइएको छ।
रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रौतहटको मौलापुर नगरपालिकाले ९० दशमलव २३ प्रतिशत नतिजा हासिल गरेको छ ।
मौलापुर नगरपालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालयबाट चार सय २० विद्यार्थी एसइई परीक्षामा सहभागी भएकामा तीन सय ७९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पाँच जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको मौलापुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
श्री जनता मावि सोनरनिया, श्री मावि पथराबुधराम, श्री लक्ष्मीनिया मावि मौलापुर, श्री मावि गम्हरिया, श्री मावि मर्यादपुर र श्री जवाहर साह मावि पतौराबाट विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए ।
उत्तीर्णमध्ये २१ जनाले ए प्लस, एक सय ७४ जनाले ए, एक सय ४६ जनाले बी प्लस, ३६ जनाले बी र दुई जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन् ।
मौलापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख धर्मेन्द्रकुमार साहले राष्ट्रिय स्तरमा एसइईको उत्तीर्ण प्रतिशत ६५ दशमलव ९८ रहँदा मौलापुरले ९० दशमलव २३ प्रतिशत नतिजा हासिल गर्नु उल्लेखनीय उपलब्धि भएको बताए ।
उनले नगरपालिकाले शिक्षा क्षेत्रमा कुल बजेटको ४० प्रतिशतभन्दा बढी लगानी गर्दै आएको उल्लेख गर्दै त्यसकै परिणामस्वरूप शैक्षिक उपलब्धिमा सुधार आएको बताए ।
मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले नगरपालिकाले १५० भन्दा बढी आधुनिक कक्षाकोठा निर्माण, प्रविधिमैत्री शिक्षाको विस्तार तथा नगरकै बजेटबाट नगर शिक्षक व्यवस्थापन गरेकाले राम्रो नतिजा हासिल भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण