भरतपुरस्थित स्कुल अफ हेल्थ साइन्समा डिप्लोमा तहका विभिन्न कार्यक्रममा भर्ना खुल्यो
सारांश
- स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३-०८४ का लागि डिप्लोमा तहका विभिन्न कार्यक्रममा भर्ना आह्वान गरेको छ।
- सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, फिजियोथेरापी, डेन्टल हाइजिन र रेडियोग्राफी गरी छ विषयमा कुल २४२ सिटमा भर्ना लिइनेछ।
- कार्यक्रम अनुसार वार्षिक शुल्क ४८,६२५ देखि ५२,१२५ रुपैयाँसम्म तोकिएको छ।
चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३–०८४ का लागि डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको भर्ना प्रक्रिया सुरु गरेको छ।
शिक्षालयले एक सूचना जारी गर्दै विभिन्न छ वटा विषयमा अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको हो।
सूचना अनुसार सामान्य चिकित्सामा ६२, फार्मेसीमा ४०, मेडिकल ल्याब टेक्नोलोजीमा ३०, फिजियोथेरापीमा ४०, डेन्टल हाइजिनमा ४० र रेडियोग्राफीमा ३० गरी कुल २४२ सिटमा भर्ना लिइनेछ। यी सिटहरूमा खुल्ला, लक्षित वर्ग, परिषद् कर्मचारी र अन्य विभिन्न कोटा समेत निर्धारण गरिएको छ।
कार्यक्रम अनुसार शुल्क फरक–फरक तोकिएको छ। सामान्य चिकित्सा र फार्मेसीका लागि वार्षिक ४८ हजार ६२५ रुपैयाँ र मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फिजियोथेरापी तथा डेन्टल साइन्सका लागि वार्षिक ५२ हजार १२५ रुपैयाँ शुल्क तोकिएको छ।
थप जानकारी सूचनामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण