छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न मानव अधिकार आयोगलाई जेनजी अभियानको आग्रह
सारांश
- राष्ट्रिय जेनजी नागरिक अभियानले मानव अधिकार हननका घटनाबारे छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।
- अभियानका प्रतिनिधिहरूले आयोग सरकारको दबाबमा परेको वा प्रतिवेदन पुनर्लेखन भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
- आयोगले प्रतिवेदनको अध्ययन सकिएको र आगामी पाँच दिनभित्र धारणा तथा सिफारिस सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननका घटनाबारे छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष तथा पदाधिकारीहरूलाई भेट्दै आयुक्त लिली थापाको नेतृत्वमा बनेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका हुन् ।
आयोग पुगेका अभियानका प्रतिनिधिहरूले नागरिकको मानव अधिकार हनन् हुँदा पनि आयोग मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले ‘आयोग सरकारको दबाबमा परेको वा कसैलाई बचाउन प्रतिवेदन पुनर्लेखन भइरहेको हुनसक्ने’ भन्दै आशंका समेत व्यक्त गरे ।
छलफलका क्रममा जेनजी अभियानका प्रतिनिधिहरूले आयोगकै कार्यालय अगाडिबाट आफ्ना साथीहरू पक्राउ परी आठ घण्टा हिरासतमा बस्दा समेत आयोग मुकदर्शक बनेको भन्दै प्रश्न उठाएका थिए ।
जवाफमा आयोगका अध्यक्षले आफ्नो स्वास्थ्य अवस्थाका कारण प्रतिवेदन सार्वजनिक गर्न केही ढिलाइ भएको बताएका थिए । छलफलका क्रममा अध्यक्ष केही असहज र आक्रोशित देखिएको अभियानका प्रतिनिधिको दाबी छ । यद्यपि, आयोगले प्रतिवेदनको अध्ययन सकिएको र आगामी पाँच दिनभित्र आयोगको धारणा तथा सिफारिस सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
छलफलमा आयोगका अर्का आयुक्तले भने राजनीतिक दलहरू सत्तामा हुँदा मानव अधिकारप्रति उदासीन हुने र प्रतिपक्षमा पुगेपछि मात्र मानव अधिकारको खोजी गर्ने प्रवृत्ति रहेको टिप्पणी गरेका थिए ।
मानवअधिकार आयोगका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सुनिल सिंह, अजय सोडारी, प्रकाश बम, वीरजंग विक, सुशील बुढाथोकी र जनम सिंह सहभागी थिए । अभियानले पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक नभए सशक्त प्रतिवाद र आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण