वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
सारांश
- वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ परेका सागर गौतम, शम्भु गौतम र सनम गुरुङले विभिन्न देशमा पठाइदिने भन्दै पीडितहरूबाट लाखौं रुपैयाँ ठगी गरेका थिए ।
- पीडितहरूको उजुरीको आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका–३ बस्ने झापा दमक नगरपालिका–२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौँ टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौँ महानगरपालिका–२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।
पक्राउमध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार, शम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको साेही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौँ टोखा नगरपालिका–३ बाट सोमबार तथा शम्भुलाई टोखा नगरपालिका- २ बाट र सनमलाई काठमाडौँ महानगरपालिका–१२ बाट मङ्गलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण