नेतृत्व नसच्चिए फरक बाटो तय गर्ने मोहनबहादुर बस्नेतको चेतावनी
सारांश
- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन्।
- उनले सभापति गगन थापाले पार्टीलाई विधि–विधान विपरीत कब्जा गर्न खोजेको आरोप लगाउँदै क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज गर्न माग गरेका छन्।
- बस्नेतले नेतृत्वले नसुध्रिए नयाँ नेतृत्व निस्किने र पार्टी जोगाउन आवश्यक परे फरक बाटो तय गर्ने उद्घोष गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन्।
बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र यसमा नेतृत्व तहमा रहेका नेताहरू नै जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन्।
सम्बोधनका क्रममा नेता बस्नेतले सभापति गगन थापाको नामै किटेर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरीत कब्जा जमाउन खोजेको दाबी गरे। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उनले केही स्पष्ट सर्तहरू समेत अघि सारेका छन्।
उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने माग गर्दै समितिको निर्णयका आधारमा मात्र अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेका छन्। आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा दुई पक्षले घोषणा गरेका अलग–अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने उनको भनाइ छ।
सञ्चारकर्मी र कार्यकर्तामाझ उनले भने, ‘म गगन थापाजीको सुरुदेखि नै विरोधी हुँ। गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ, साथीहरूको सहमतिबिना म कहिल्यै उहाँसामु लत्रने वा झुक्ने छैन। पहिले यो प्रक्रिया खारेज गरिनुपर्छ। त्यसपछि शेरबहादुर देउवा, डा. शेखर कोइराला र अन्य समूहहरूलाई मिलाएर एउटा साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिनुपर्छ। हामीले प्रजातन्त्र जोगाउन र पार्टीप्रतिको गिद्धे दृष्टि समाप्त पार्न हिम्मतका साथ अगाडि बढ्नुपर्छ। यदि नेतृत्वले सुध्रिने प्रयास गरेन भने दौडिन सक्ने नयाँ नेतृत्व निस्किनेछ।’
वर्तमान नेतृत्वको आलोचना गर्दै बस्नेतले पटक–पटक संसदीय र पार्टी निर्वाचन हारेका व्यक्तिहरूले नेतृत्व गर्दा पार्टी कमजोर भएको टिप्पणी गरे। उनले वार्ता शक्ति र सामर्थ्यसँग हुने भन्दै आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने घोषणा समेत गरेका छन्।
पार्टी जोगाउन र प्रजातन्त्रको रक्षाका लागि आवश्यकता परे ‘फरक बाटो’ तय गर्न सकिने सङ्केत गर्दै उनले अबको कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने उद्घोष गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण