मेरो माग पूरा भयो, सरकारलाई दीर्घायुको कामना : महावीर पुन
सारांश
- प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको जनाएका छन् ।
- उनले प्रधानमन्त्रीलाई छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए ।
- उनले सरकारलाई दीर्घायुको कामना गर्दै नेताहरूलाई दिएको श्राप पनि फिर्ता गरेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको जनाएका छन् । २ दिन अघि संसदमा बोलेको र तीन हप्ता अगाडि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग पूरा भएको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– 'मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु।'
पुनले प्रधानमन्त्रीलाई छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए । उनको यो मागअनुसार सरकारले छुट्टै मन्त्रालय गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण