फ्रान्समा १७०० यात्रु क्रुज जहाजमै रोकिए
सारांश
- दक्षिण पश्चिम फ्रान्समा एउटा क्रुज जहाजमा सम्भावित पेटसम्बन्धी सङ्क्रमण फैलिएको आशङ्कामा झन्डै १७०० यात्रुलाई जहाजमै रोकिएको छ ।
- जहाजमा रहेका करिब ५० यात्रुमा ग्यास्ट्रोएन्टेराइटिससँग मिल्ने लक्षण देखिएको थियो र प्रभावित यात्रुलाई चिकित्सकले जाँच गरेर आफ्नै कोठामा अलग राखिएको थियो ।
- जहाजमा यात्रा गरिरहेका ९२ वर्षीय एक पुरुषको मे १० मा मृत्यु भएको छ, तर मृत्युको कारण पेटको संक्रमण नभएको बताइएको छ ।
पेरिस । दक्षिण पश्चिम फ्रान्सको एउटा क्रुज जहाजमा सम्भावित पेटसम्बन्धी सङ्क्रमण ग्यास्ट्रोएन्टेराइटिस फैलिएको आशङ्कामा झन्डै १७०० यात्रुलाई जहाजमै रोकिएको छ । एम्बिशन नाम गरेको उक्त जहाज मे ८ र ९ मा बेलायतका बेलफास्ट र लिभरपुलबाट यात्रु लिएर फ्रान्स र स्पेनको यात्रामा निस्किएको थियो ।
फ्रान्सको गिरोन्द क्षेत्रीय स्वास्थ्य निकायका अनुसार जहाजमा रहेका करिब ५० यात्रुमा ग्यास्ट्रोएन्टेराइटिससँग मिल्ने लक्षण देखिएको थियो । प्रभावित यात्रुलाई तुरुन्तै चिकित्सकले जाँच गरेर आफ्नै कोठामा अलग राखिएको थियो ।
यसैबिच, जहाजमा यात्रा गरिरहेका ९२ वर्षीय एक पुरुषको मे १० मा मृत्यु भएको जहाज सञ्चालक एम्ब्यासडर क्रुज लाइनले जनाएको छ । तर ती व्यक्तिमा पेटको संक्रमणसम्बन्धी रोगको कुनै लक्षण नदेखिएको बताइएको छ ।
कम्पनीका अनुसार मृत्युको कारणबारे अन्तिम निष्कर्ष पोस्टमार्टम प्रतिवेदनपछि मात्रै थाहा हुनेछ । मृतकका परिवार र साथीहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको पनि कम्पनीले जनाएको छ ।
क्षेत्रीय स्वास्थ्य अधिकारीहरूले होन्डियस नाम गरेको अर्को क्रुज जहाजमा देखिएको हान्टाभाइरस संक्रमणसँग यस घटनाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । सावधानी स्वरूप यात्रुहरूलाई जहाजबाट ओर्लन अस्थायी रूपमा रोकिएको छ ।
सङ्क्रमित यात्रुबाट लिइएका नमुनाहरू बर्दो युनिभर्सिटी हस्पिटलको सङ्क्रामक रोग विभागमा परीक्षण भइरहेको छ । क्रुज कम्पनीले १४ दिने यात्राका क्रममा केही यात्रु तथा चालक दलका सदस्यमा पेटसम्बन्धी रोगका लक्षण देखिएको स्वीकार गर्दै जहाजभरि कडा सरसफाइ तथा रोकथामका उपाय लागू गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण