अफर छ भन्दैमा खाँदा विचार गर्नुस् : धेरै खाएर बान्ता गरे ग्राहकलाई रेस्टुरेन्टले जरिवाना गर्ने
सारांश
- स्पेनको सेभिया क्षेत्रस्थित गेल्वेसमा रहेको 'सुशी तोरो' रेस्टुरेन्टले धेरै खाएर बान्ता गर्ने ग्राहकबाट अतिरिक्त शुल्क लिने निर्णय गरेको छ।
- पछिल्लो समयमा धेरै खाएकै कारण रेस्टुरेन्टमा बान्ता गर्ने घटना बढेपछि व्यवस्थापनले यस्तो कडा कदम चालेको हो।
- रेस्टुरेन्टले ग्राहकको सहयोग मागेको छ र यो 'भोमिट फी' ले स्वच्छता कायम राख्न सहयोग पुग्ने विश्वास गरेको छ।
सेभिया । स्पेनको सेभिया क्षेत्रस्थित गेल्वेसमा रहेको ‘सुशी तोरो’ रेस्टुरेन्टले अघाउञ्जेल खान पाइने अफरमा धेरै खाएर रेस्टुरेन्ट परिसरमै बान्ता गर्ने ग्राहकलाई अतिरिक्त शुल्क लिने निर्णय गरेको छ।
पछिल्ला महिनाहरूमा धेरै खाएकै कारण रेस्टुरेन्टमा बान्ता गर्ने घटनाहरू बढेपछि व्यवस्थापनले यस्तो कडा कदम चालेको हो। यो अनौठो नियमका कारण अहिले सो रेस्टुरेन्टको निकै चर्चा भइरहेको छ।
रेस्टुरेन्टले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यदि कुनै ग्राहकले धेरै खाएका कारण बान्ता गरेमा, रेस्टुरेन्टले भएको क्षतिको पूर्ति गर्न उनीहरूबाट अतिरिक्त शुल्क लिने अधिकार सुरक्षित राख्दछ।’

रेस्टुरेन्ट व्यवस्थापनका अनुसार बढ्दो बान्ताका घटनाले अन्य ग्राहक, सेवा प्रवाह, व्यवस्थापन र सरसफाइमा समेत प्रत्यक्ष असर पारेकाले यस्तो शुल्क लगाउनुको विकल्प नरहेको स्पष्ट पारिएको छ।
धेरै खाने लोभमा स्वास्थ्य र रेस्टुरेन्टको वातावरण नै बिग्रिन थालेपछि रेस्टुरेन्टले ग्राहकहरूको सहयोग मागेको छ। व्यवस्थापनले आफ्नो धारणा राख्दै भनेको छ, ‘हामी समयमै अर्डरहरू तयार पार्न र राम्रो सरसफाइ कायम राख्न कडा मिहिनेत गर्छौँ, त्यसैले हामी ग्राहकहरूसँग सहयोगको अपेक्षा गर्दछौँ किनभने यस्ता घटनाले रेस्टुरेन्टमा खाइरहेका अन्य ग्राहकलाई पनि असर गरिरहेको छ।’
यसरी बान्ता गर्ने ग्राहकले ठ्याक्कै कति रकम जरिवाना तिर्नुपर्ने हो भन्नेबारे रेस्टुरेन्टले स्पष्ट खुलाएको छैन। यद्यपि, त्यहाँको बुफेको मूल्य बार र समय अनुसार १६.९० युरोदेखि २३.९० युरोसम्म पर्दछ।
धेरै खाने लोभी ग्राहकहरूलाई निरुत्साहित गर्न र रेस्टुरेन्टको स्वच्छता कायम राख्न यो ‘भोमिट फी’ प्रभावकारी हुने विश्वास रेस्टुरेन्ट सञ्चालकहरूको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण