सरकारको नीति तथा कार्यक्रम यथास्थितिवादी, चुनावी प्रतिबद्धतासँग मेल खाएन: वर्षमान पुन
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका छन्।
- उनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय नदिइएकोमा असन्तुष्टि व्यक्त गर्दै सत्तारुढ दलको चुनावी प्रतिबद्धता र कार्यक्रमबीच तादात्म्यता नदेखिएको बताए।
- सांसद पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रमले राजनीतिक उपलब्धिलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न नसकेको तर्क गर्दै स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न सुझाव दिएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यो कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका व्यक्त गरेका हुन्।
सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको उनको भनाइ थियो।
प्रधानमन्त्रीले संसदमा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए। दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकांक्षा रहेको स्मरण गराउँदै उनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको उल्लेख गरे।
बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो। राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसदमा देखिएको छ। सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन। सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन।’
नेपालको राजनीतिक उपलब्धिका बारेमा चर्चा गर्दै उनले ६ दशक लामो संघर्षबाट सामन्तवादको अन्त्य भई संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए। यद्यपि, वर्तमान सरकारको नीति तथा कार्यक्रमले ती राजनीतिक उपलब्धिलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न नसकेको उनको तर्क छ। उनले सरकारलाई स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न सुझाव समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण