सय दिनमा १०१ गल्ती गरेर सरकार आफैँ ढल्छ : कांग्रेस प्रवक्ता
सारांश
- कांग्रेस प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार असक्षमता र गल्तीका कारण पतनको बाटोमा गएको दाबी गरेका छन् ।
- उनले सरकारले ४६ दिनमा ४६ भन्दा बढी गल्ती गरिसकेको र सय दिनमा १०१ गल्ती गर्ने सरकार आफैँ ढलेको इतिहास रहेको बताए ।
- चालिसेले स्थानीय तहका जनप्रतिनिधिलाई आगामी निर्वाचनलाई अन्तिम परीक्षाका रूपमा लिन र पार्टीको छवि सुधार्न व्यवहारिक परिवर्तनमा जोड दिन आग्रह गरे ।
पोखरा । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नो असक्षमता र गल्तीका कारण आफैँ पतनको बाटोमा गएको दाबी गरेका छन् । बिहीबार पोखरामा आयोजित कांग्रेसको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गरे ।
‘अहिले सरकार बनेको ४६ दिन भइसक्यो । तर यसले ४६ भन्दा बढी गल्ती गरिसकेको छ,’ उनले भने, ‘सय दिनमा १०१ गल्ती गर्ने सरकार आफैँ ढलेको इतिहास हामीले देखिसकेका छौँ । यो सरकार पनि त्यसै गरी ढल्छ ।’
कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनलाई अन्तिम परीक्षाका रूपमा लिन सचेत गराए । ‘५ वर्षको महत्त्व नेतालाई हुन्छ । अहिले हामी पाँचौँ वर्षमा छौँ,’ उनले थपे, ‘यो स्थानीय तहका नेतृत्वका लागि अन्तिम परीक्षा हो । तपाईँले यति दिन के के गर्नुभयो, त्यसको मूल्याङ्कन अब चुनावले गर्नेछ ।’ चालिसेले पार्टीको छवि सुधार्न ठुला भाषणभन्दा स–साना र अर्थपूर्ण व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला आयोजना गरेको हो । भेलामा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेशका मन्त्री तथा सांसद, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, क्षेत्रीय सभापति र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण