मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प–सी वार्ताको दोस्रो दिन: व्यापार, इरान र बलियो सम्बन्धमा केन्द्रित छलफल

शुक्रबार, ०१ जेठ २०८३, ११ : ४४
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको उच्चस्तरीय वार्ताको दोस्रो दिन व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ ।
  • ट्रम्पले सी जिनपिङलाई धेरै सम्मान गर्ने व्यक्ति भन्दै उनी वास्तविक मित्र जस्तै बनेको बताएका थिए ।
  • वार्ताका क्रममा इरानसँग जारी तनाव र युद्धको विषय पनि उठाइएको थियो ।

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति स जिनपिङबिच उच्चस्तरीय वार्ताको दोस्रो दिन शुक्रबार व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ । द्विपक्षीय चिया भेटवार्ताको सुरुवातमा ट्रम्पले सी जिनपिङलाई धेरै सम्मान गर्ने व्यक्ति भन्दै उनलाई वास्तविक मित्र जस्तै बनेको बताएका थिए ।

“हामीले धेरै त्यस्ता समस्याहरू समाधान गरेका छौँ जुन अरूले समाधान गर्न सक्दैनथे । हाम्रो सम्बन्ध निकै बलियो छ ।” ट्रम्पले भने । वार्ताका क्रममा इरानसँग जारी तनाव र युद्धको विषय पनि उठाइएको थियो । ट्रम्पले चीन इरानसँग नजिक भए पनि युद्ध अन्त्य गर्ने र स्टेट अफ होर्मुज खुला राख्ने विषयमा अमेरिका जस्तै सोच राख्ने बताएका छन् । उनले भने, “हामी इरानसँग आणविक हतियार नहोस् भन्ने चाहन्छौँ ।”

ट्रम्पले यस वर्षको उत्तरार्द्धमा सी जिनपिङ वाशिङटन भ्रमणमा आउने अपेक्षा पनि व्यक्त गरे । उनले चीनप्रति आफू प्रभावित भएको उल्लेख गर्दै आगामी भ्रमणपछि सी पनि अमेरिकाबाट प्रभावित हुने आशा व्यक्त गरे ।

शुक्रबारको बैठकमा ट्रम्प र सीसँग सीमित संख्यामा उच्च सहयोगीहरू सहभागी छन् । उनीहरूले व्यापार, सुरक्षा, इरान, समुद्री मार्ग तथा अन्य जटिल द्विपक्षीय मुद्दाहरूमा विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप