धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश
सारांश
- विशेष अदालतले धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश दिएको छ ।
- नाला निर्माण र फोहोर मैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न लगाइ कमिसन लिएको अभियोगमा मुद्दा दायर भएको थियो ।
- यसरी ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानी नोक्सानी गरेको अभियोग छ ।
काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले प्रमाण बुझ्ने आदेश जारी गरेको हो ।
नाला निर्माण र फोहोर मैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न लगाइ कमिसन लिएको अभियोगमा सिंहसहित उपाध्यक्ष रामवती देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल र सावनकुमार चौधरीसहित कन्स्ट्रक्सन प्रालि, गाउँपालिका पूर्वअध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सब इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल, एकता कन्स्ट्रक्सन र उक्त कम्पनीका इन्द्रेशकुमार सिहंसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहाेर मैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाइ कमिसन लिई बिना प्रतिस्पर्धा एक रुपैयाँको मात्रै फरक पारी एकता सप्लाइसँग मिलेमतोमा गुणस्तरहीन बजार सेड निर्माण गरिएको अभियोग छ । काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोप छ ।
गाउँपालिकाबाट नाला निर्माणमा ५० लाख र फोहोर मैला व्यवस्थापनमा ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तीन वटा कम्पनीले पेस गरेको दररेटमा सिमेन्ट स्यान्ड आइटमबाहेक सबै आइटमको दररेट एउटै पेस भएको थियो ।
सेटिङमा टेन्डर दिलाइ ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानी नोक्सानी गरेको अभियोग थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण