बारुलालाई आक्रमण गर्न लाखौं कमिलाले यसरी बनाए ‘जीवित पूल’ (भिडियोसहित)
हामीले धेरैपटक कमिलाको निकै लामो ताँती देखेका छौं । घरमा पनि चिनी पोखिएको ठाउँमा कमिला आइहाल्छ र त्यसको केही बेरमा त्यहाँ थुप्रै कमिला जम्मा भइसकेको देख्छौं । आफूभन्दा निकै गुणा ठूलो आहारलाई पनि साथीहरुको सहयोगमा एउटा स्थानबाट अर्को स्थानमा पुर्याउने गर्छ । कमिलाहरु कोलोनी वा समूह बनाएर बस्ने गर्छन् । यिनीहरु एक भएर अथवा मिलेर काम गर्ने भएकाले कमिलाहरुलाई विशिष्ट मानिन्छ ।
तर ब्राजिलमा कमिलाको समूहले जे काम गरेको छ, त्यो सायद तपाईंले अहिलेसम्म देख्नु वा सुन्नु भएको छैन होला । आफ्नो ‘दुश्मन’ बारुलालाई आक्रमण गर्न लाखौं कमिला एकजुट भएका छन् । यसका लागि उनीहरुले एउटा पूल नै बनाएका छन् ।
यसको भिडियो खिच्ने इलेक्ट्रिकल इन्जिनियर फ्रान्सिस्को बोनीले ट्वीटरमा लेखे, ‘बारुलालाई आक्रमण गरिरहेका आर्मी कमिला भनिने लिजियोनरी कमिला ।’
‘पूल बनाउन कमिलाले जुन बौद्धिक स्तर र सामूहिकताको प्रयोग गरेका छन्, त्यो निकै प्रभावशाली छ ,’ उनले लेखेका छन् ।
उनी थप्छन्, ‘यस्तो आक्रमण हुँदा धेरैजसो अवस्थामा बारुला भाग्छन् तर कमिलाले बारुलाको गुँड पूर्ण रुपमा खाली नभएसम्म छोड्दैनन् । त्यहाँबाट उनीहरुले बारुलाको लार्भा, अण्डा र भाग्न नसकेका ठूला बारुलालाई पनि आफूसँगै लिएर जान्छ ।’
भिडियो फुटेज गत सोमबार पोष्ट गरिएको थियो जुन अहिलेसम्म चार लाख पटक हेरिसकिएको छ र पाँच हजार पटक रिट्वीट गरिएको छ ।
If you want to know more about the collective behavior of army ants making these impressive largely decentralized self-organized systems, check out this video with Simon Garnier (@sjmgarnier) from the New Jersey Institute of Technology (@NJIT) pic.twitter.com/3dukAIvcLf
— Francisco Boni (@boni_bo) August 6, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण