सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको राजस्व छुट
सारांश
- सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ ।
- आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ छुट दिइएको थियो ।
- महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार महसुल छुटले सरकारको राजस्व परिचालन प्रभावित भएको छ ।
काठमाडौँ । सरकारले एक वर्षको अवधिमा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरको भन्सार राजस्व छुट दिएको छ । शुक्रबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार आव २०८१/८२ मा भन्सार राजस्वमा सो छुट दिइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबर छुट दिइएको थियो । तर आर्थिक वर्ष २०८१/८२ मा सरकारले आर्थिक ऐनमा टेकेर थप भन्सार राजश्व छुट दिएको महालेखा प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदन अनुसार आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छूट दिएकोमा त्यसको अभिलेख अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखे महालेखाले जनाएको छ । त्यस्तै, यो वर्ष सरकारले साफ्टा सुविधा अन्तर्गत माल वस्तु पैठारीमा भन्सार महसुल ५ अर्ब ७१ करोड छुट दिइएको छ ।
विभिन्न आयोजना तथा निर्माण व्यवसायी र सरकारी निकायलाई ६ अर्ब १२ करोड भन्सार महसुल छुट दिइएको छ । महसुल छुटले सरकारको राजस्व परिचालन समेत प्रभावित भएको महालेखाले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण