बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयमा कति ?

शुक्रबार, ०१ जेठ २०८३, १७ : १९
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ ।
  • अर्थ मन्त्रालयको मात्रै रु.३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको छ, जुन सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हो ।
  • प्रतिवेदनले कुल सङ्घीय मन्त्रालयको बेरुजु रु. ५२ अर्ब ८ करोड ९१ लाख रहेको देखाएको छ ।

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु रहेको देखाएको छ । प्रतिवेदनअनुसार यो वर्ष सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुमध्ये अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत रहेको छ ।

महालेखाको प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको मात्रै रु.३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु कायम भएको छ । यो सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हिस्सा हो । मुलुकको आर्थिक अनुशासन कायम गर्ने मुख्य मन्त्रालयमै यति ठुलो परिमाणमा बेरुजु देखिनुलाई महालेखाले गम्भीर वित्तीय बेथिति मानेको छ ।

कुन मन्त्रालयको बेरुजु कति ?

१. अर्थ मन्त्रालय : रु.३७ अर्ब ६३ करोड ३१ लाख (७०.३६ प्रतिशत)

२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : रु. ७ अर्ब १० करोड ३३ लाख (१३.२८ प्रतिशत)

३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : रु. १ अर्ब ५३ करोड ६६ लाख (२.८७ प्रतिशत)

४. वन तथा वातावरण मन्त्रालय : रु.१ अर्ब ३४ करोड ५७ लाख (२.५२ प्रतिशत)

५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : रु. १ अर्ब १६ करोड ७८ लाख (२.१८ प्रतिशत)

६. सहरी विकास मन्त्रालय : रु. ८० करोड ५१ लाख (१.५१ प्रतिशत)

७. परराष्ट्र मन्त्रालय : रु. ७४ करोड ३४ लाख (१.३९ प्रतिशत)

८. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय: रु. ६५ करोड २६ लाख (१.२२ प्रतिशत)

९. गृह मन्त्रालय: रु. ५७ करोड ७२ लाख (१.०८ प्रतिशत)

१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय : रु. ५२ करोड ४३ लाख (०.९८ प्रतिशत)

११ अन्य : २.६१

प्रतिवेदनअनुसार सङ्घीय मन्त्रालयको मात्रै कुल बेरुजु रु. ५२ अर्ब ८ करोड ९१ लाख रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप