भिल्लाद्वारा लिभरपुल पराजित, च्याम्पियन्स लिगमा स्थान पक्का
सारांश
- ओली वाटकिन्सले दुई गोल र एक असिस्ट गरेपछि एस्टन भिल्लाले लिभरपुललाई ४-२ गोलले पराजित गरी च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो।
- भर्जिल भान डाइकले लिभरपुलका लागि दुई गोल गरे पनि त्यो सान्त्वना मात्र बन्यो।
- यो हारले लिभरपुलको च्याम्पियन्स लिग यात्रा अनिश्चित बनेको छ भने एस्टन भिल्लाले युरोपा लिग फाइनलमा ध्यान केन्द्रित गर्नेछ।
लण्डन । ओली वाटकिन्सले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि अवसर सिर्जना गरेपछि एस्टन भिल्लाले लिभरपुललाई ४-२ गोलले पराजित गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफमा मोर्गन रोजर्सले उत्कृष्ट प्रहार गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही समयमै भर्जिल भान डाइकले हेडिङमार्फत गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।
तर त्यसको पाँच मिनेटपछि नै डोमिनिक सोबोस्लाई चिप्लिएको फाइदा उठाउँदै वाटकिन्सले भिल्लाको अग्रता पुन: फर्काए। उनले खेलको ७३ औँ मिनेटमा प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे।
खेलको अन्त्यतिर जन म्याकगिनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि लिभरपुल चालु सिजन सबै प्रतियोगितामा गरी १९ औँ हार व्यहोर्न बाध्य भयो। खेलको इन्जुरी समयमा भान डाइकले थप एक गोल गरे पनि त्यो भ्रमणकारी टोलीका लागि केवल सान्त्वना मात्र बन्यो।
यो हारसँगै आर्ने स्लटको टोली लिभरपुलको आगामी सिजनको च्याम्पियन्स लिग यात्रा अझै निश्चित हुन सकेको छैन। अब यो दौड ब्राइटन र बर्नमाउथको नतिजामा निर्भर रहँदै सिजनको अन्तिम दिनसम्म पुग्न सक्ने देखिएको छ। अर्कोतर्फ, उनाई एमेरीको भिल्लाले अब बुधबार इस्तानबुलमा हुने फ्राइबर्गविरुद्धको युरोपा लिग फाइनलमा ध्यान केन्द्रित गर्नेछ, जहाँ उनीहरू ३० वर्षयताकै पहिलो ठुलो उपाधि जित्ने दाउमा हुनेछन्।
अगाडि ठुलो फाइनल खेल भए पनि एमेरीले युरोपा लिग सेमिफाइनलको दोस्रो लेगमा नटिङ्घम फरेस्टलाई हराएकै टोलीलाई मैदान उतारेका थिए। यता लिभरपुलका प्रिमियर लिग कीर्तिमानी खेलाडी अलेक्ज्याण्डर इसाक चोटका कारण जोखिम नमोल्दा टोलीबाहिरै रहे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण