पर्वतबाट ‘सिन्दुरे जात्रा’को छायाङ्कन सुरु
शनिबार, ०२ जेठ २०८३, ०८ : ५१
सारांश
- फिल्म ‘सिन्दुरे जात्रा’को छायाङ्कन पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट सुरु भएको छ ।
- सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।
- निर्देशक सरोज पौडेलका अनुसार फिल्मको छायाङ्कन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य छ ।
काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’को छायाङ्कन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायाङ्कन सुरु गरेको हो । सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मको पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायाङ्कन सुरु गरिएको कलाकार विजय बरालले जानकारी दिए ।
फिल्ममा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकारको मुख्य भूमिका रहनेछ । ३५ दिन छायाङ्कन गर्ने सेड्युल रहेको फिल्मका निर्देशक सरोज पौडेल हुन् ।
विजय र अञ्जनाको निर्देशक सरोजसँग दोस्रो सहकार्य हो । यसअघि उनीहरू फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा देखिएका थिए । फिल्मले इतिहासकै सर्वाधिक कमाउनेमा पर्छ ।
फिल्मको लेखन पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण