शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एलिनाको ‘सिठ्ठी बजाउँदै’मा प्रियंकाको धमाकेदार नृत्य

शनिबार, ०२ जेठ २०८३, ०९ : १२
शनिबार, ०२ जेठ २०८३

सारांश

  • गायिका एलिना चौहान र गायक राहुल श्रेष्ठको स्वरमा रहेको नयाँ डान्सिङ गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक भएको छ।
  • गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य देख्न सकिन्छ।
  • भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

काठमाडौँ । गायिका एलिना चौहान र गायक राहुल श्रेष्ठको स्वरमा रहेको नयाँ डान्सिङ गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। जगत तिरुवाको शब्द, संगीत तथा र्‍याप रहेको गीतमा जीवन बडुको एरेन्ज छ ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको दमदार नृत्य देख्न सकिन्छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय राहुल श्रेष्ठ केही अन्तरालपछि भिडिया देखिएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप