मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नारायणघाट–बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत

दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने
शनिबार, ०२ जेठ २०८३, १३ : ०४
शनिबार, ०२ जेठ २०८३

सारांश

  • पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ, जसको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।
  • आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेका छन् र हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका काम मात्र बाँकी रहेका छन् ।
  • जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको छ र दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या नहुने अपेक्षा गरिएको छ ।

काठमाडौँ । लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा.विजय जैसीले जानकारी दिए ।

नागढुंगा–नौबिसे तथा नारायण घाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । महानिर्देशक डा.जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए । उनका अनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।

उनले भने, ‘नारायण घाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ । भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्य मुख्य कामहरू सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरू, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ ।’

महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए । नारायण घाट–बुटवल सडक खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका थिए । 

उनले भने, ‘विगतको वर्षको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजस्तो कामहरू गरिसकेका छौँ । एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भइरहेको छ । जेठ १५ सम्म मुख्य कामहरू सकिन्छ । धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।’ 

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नागढुंगा नौबिसे र नारायणघाट सडक खण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए । 

उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङ मार्गको पनि स्थलगत अनुगमन गरेको थियो । –न्युज ऐजन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप