मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

डीडीसी चिजको प्रमोशनमा प्रधानमन्त्री बालेन

शनिबार, ०२ जेठ २०८३, १४ : १०
शनिबार, ०२ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रमोशन गर्दै नयाँ फोटो सार्वजनिक गरेका छन् ।
  • डीडीसीले उत्पादन गर्ने याक चिज खाँदै गरेको फोटो उनले फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
  • दुग्ध विकास संस्थानले चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि आफ्नो नयाँ फोटो सार्वजनिक गरेका छन् । गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि त्यसले खुब चर्चा पाएको थियो । आज शनिबार पुनः उनले फोटो सार्वजनिक गरेका छन् । 

तर यसपटक उनले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् । डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । 

दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप