मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

शनिबार, ०२ जेठ २०८३, १४ : २५
शनिबार, ०२ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिकाका वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्कालाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
  • वडा सचिव भण्डारीलाई प्रकाश खड्काले फोन गरी धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • प्रधानमन्त्री कार्यालयले सुरक्षा निकाय र अनुसन्धान निकायलाई खड्कालाई कानुनको दायरामा ल्याई कारबाही अगाडि बढाउन कडा निर्देशन दिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धाक धम्की दिएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

वडा सचिव भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विज्ञप्तिमा उक्त अडियाे सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकिएको समेत जनाइएको छ ।  

696402037_967750632533410_4246770595649193631_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप