अपडेट
दुल्लुका वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
शनिबार, ०२ जेठ २०८३, १५ : ०८
सारांश
- दैलेखको दुल्लु गाउँपालिकाका वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
- सुर्खेत घर भई हाल काठमाडौँको शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ ।
- खड्कालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले भण्डारीलाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई जिल्ला काठमाडौँ, शंखमुल बस्ने २२ वर्षीय खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण