दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
शनिबार, ०२ जेठ २०८३, १४ : २५
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिकाका वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्कालाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
- वडा सचिव भण्डारीलाई प्रकाश खड्काले फोन गरी धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
- प्रधानमन्त्री कार्यालयले सुरक्षा निकाय र अनुसन्धान निकायलाई खड्कालाई कानुनको दायरामा ल्याई कारबाही अगाडि बढाउन कडा निर्देशन दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धाक धम्की दिएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
वडा सचिव भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विज्ञप्तिमा उक्त अडियाे सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकिएको समेत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण