कलेजको डिग्री लिएपछि १३ फिट लामो गोहीसँग फोटो खिचाउन पुगिन् २१ वर्षे युवती (फोटो, भिडियो)
टेक्सासकी एक साहसी छात्राले आफ्नो डिग्री हाँसिल गरेको खुसीयालीमा एक १३ फुट लामो गोहीसँगै बसेर फोटो खिचाएकी छिन् ।
२१ वर्षीया मेकेन्जी नोल्याण्ड आउँदो शुक्रबार टेक्सासको एएण्डएमबाट ग्रेजुएट हुँदैछिन् । उनले वाइल्डलाइफ एण्ड फिशरिस साइन्समा ग्रेजुएशन गरेकी हुन् ।
नोल्याण्ड गत मेदेखि टेक्सासस्थित बिउमन्थको गेटर काउन्टी रेस्क्यू सेन्टरमा इन्टर्नको रुपमा कार्यरत छिन् ।
उनले बीग टेक्स नामको विशाल गोहीसँग इन्टर्नमा आएको पहिलो दिनदेखि नै काम गरेको बताइन् । दैनिक रुपमा गोहीलाई खाना खुवाउने कार्यमा पनि सहभागी भएको उनले जानकारी दिइन् ।
‘त्यसदिन मेरो लुगा मात्र फरक थियो,’ नोल्याण्डले बजफिड न्यूजलाई भनिन् । ‘अरु दिन म गेटर काउन्टीको टिसर्ट र नाइकीको हाफ पाइन्ट लगाउँथे ।’
@ClayTravis Me calling Tex from his den to do a show at Gator Country! pic.twitter.com/BtvOOFCtXK
— kenz (@KenzieAlexisss) August 6, 2018
उक्त पशुबिहारकी मालिक आर्ली ह्यामोन्ड्सले उनको ग्रेजुएशनको फोटो खिचेकी हुन् जुन पछि म्याकेन्जीको फेसबुक पेजमा सेयर गरियो ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा गोहीलाई बोलाइरहेको र खाना दिएको भिडियो पनि सेयर गरेकी छिन् जसमा देखिए अनुसार उनी उक्त गोहीभन्दा केही मात्र पर उभिएकी छिन् । उनले पोखरीको बिचमा भएको गोहीलाई निकै वरसम्म ल्याउन सफल हुन्छिन् । उनले गोहीको नाकमा काउकुती लगाउँछिन् र मासु दिन्छिन् ।
म्याकेन्जीले बीग टेक्ससँग कुरा गर्दा आफूलाई सानो चोटसमेत नलागेको बताउँछिन् ।
‘म उसलाई बोलाउँछु । जतिसक्दो मिठो बोल्छु , उसको नाकमा काउकुती लगाउँछु र उसलाई कुनै चोट पुर्याउदिनँ भनेर बाचा गर्छु,’ नोल्याउण्ड भन्छिन् । ‘मलाई आठ इन्चको बच्चाले दुख्ने गरी टोकेको छ तर टेक्सले कहिले छैन ।’
उनी भन्छिन्, ‘नाम लिएर बोलाउँदा टेक्सले जवाफ दिन्छ । मैले हात हल्लाउँदा पनि यसले प्रतिक्रिया दिन्छ । सेन्टरमा उ नै मेरो सबैभन्दा राम्रो साथी हो ।’
‘म टेक्सलाई खाना खुवाउन पोखरीमा जान्छु । म बाल्यकालदेखि नै सर्पलगायतका अन्य जनावर पनि समातिरहेकी छु । म मानिसहरुलाई उनीहरुबारे जानकारी दिन चाहन्छु । वास्तविकता यो हो कि हामी जनावरलाई घरमा राख्नै चाहँदैनौं । हामी उनीहरुलाई दलदलमा छोड्ने गर्छौं,’ उनी भन्छिन् । ‘मैले टेक्सबाट धेरै कुरा सिकेको छु । ऊ एक शानदार प्राण्ी हो । सबै गोही नरभक्षी हुँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण