रुवान्डा नरसंहारका संदिग्ध काबुगाको हिरासतमा मृत्यु
सारांश
- सन् १९९४ को रुवान्डा नरसंहारका मुख्य संदिग्ध फेलिसियन काबुगाको ९३ वर्षको उमेरमा हिरासतमा मृत्यु भएको छ ।
- दुई दशकभन्दा बढी फरार रहेका काबुगालाई २०२० मा फ्रान्सबाट पक्राउ गरी हेगमा प्रत्यर्पण गरिएको थियो ।
- डिमेन्सिया र कमजोर स्वास्थ्य अवस्थाका कारण मुद्दा सामना गर्न वा रुवान्डा फर्किन अयोग्य ठहरिएपछि उनी संयुक्त राष्ट्रसंघको हिरासतमा थिए ।
द हेग । सन् १९९४ को रुवान्डा नरसंहारका मुख्य संदिग्धमध्ये एक फेलिसियन काबुगाको हिरासतमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय अदालतले जनाएको छ । उनी ९३ वर्षका थिए । काबुगालाई दुई दशकभन्दा बढी समय फरार रहेपछि सन् २०२० मा फ्रान्सबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई हेगलाई प्रत्यर्पण गरिएको थियो ।
पछि अदालतले डिमेन्सियाका कारण उनलाई मुद्दा सामना गर्न अयोग्य रहेको निर्णय गरियो । साथै स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई रुवान्डा फर्काउन पनि नसकिने ठहर गरिएको थियो । कुनै पनि देशले उनलाई स्वीकार गर्न नचाहेपछि काबुगा संयुक्त राष्ट्रसंघको हिरासत केन्द्रमै बस्दै आएका थिए । अदालतले उनको मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको जनाएको छ ।
पूर्वव्यवसायी तथा रेडियो सञ्चालक काबुगा नरसंहार प्रकरणका अन्तिम फरार अभियुक्तमध्ये एक थिए । उक्त नरसंहारमा चरमपन्थी हुतु समूहहरूले करिब ८ लाखभन्दा बढी टुट्सी र मध्यमार्गी हुतु समुदायका मानिसहरूको १०० दिनभित्र हत्या गरेका थिए ।
अभियोजनकर्ताहरूले काबुगामाथि आफ्नो रेडियो संस्था रेडियो टेलिभिजन लिब्रे डेस मिल कोलिन्स मार्फत घृणात्मक प्रचार फैलाएको तथा हुतु मिलिसियालाई हतियार उपलब्ध गराउन सहयोग गरेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण