सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्रका दुई जना महिला कर्मचारीले गरे सगरमाथा आरोहण

आइतबार, ०३ जेठ २०८३, १४ : २१
आइतबार, ०३ जेठ २०८३

सारांश

  • सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले सगरमाथाको शिखरमा पुगेका छन् ।
  • कार्की बिहान १०:२० बजे र शेर्पा ११:५५ बजे शिखरमा पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
  • यससँगै उनीहरू सशस्त्र प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने तेस्रो र चौथो कर्मचारी बनेका छन् ।

काठमाडौँ । सशस्त्र प्रहरी बलका दुई जना महिला कर्मचारीले सगरमाथा आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् । 

कार्कीले बिहान १० बजेर २० मिनेटमा र शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथा आरोहण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । सशस्त्रबाट प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी हुन् ।

निम डिक्की इलामको सन्दकपुर गाउँपालिकाकी स्थानीय हुन् । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे घर भएकी आरोपी अनिता कार्की राष्ट्रिय फेन्सिङ खेलाडी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप