एसईई थ्री अन थ्री बास्केटबलको उपाधि लाटे लभर्स र सगरमाथालाई
सारांश
- एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ लाटे लभर्स र गर्ल्सतर्फ सगरमाथाले उपाधि जितेका छन् ।
- लाटे लभर्सले ब्वाइजतर्फ एयरजो 'बी' लाई २१-१५ र सगरमाथाले गर्ल्सतर्फ भ्याली पब्लिक 'ए' लाई १५-९ ले पराजित गर्यो ।
- विजेता टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।
काठमाडौँ । लाटे लभर्स ‘ए’ र सगरमाथाले एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
प्रतियोगिताअन्तर्गत ब्वाइजतर्फ लाटे लभर्स र गर्ल्सतर्फ सगरमाथा पहिलो भएका हुन् ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको ब्वाइजतर्फको फाइनल खेलमा लाटे लभर्सले एयरजो ‘बी’ लाई २१–१५ को अंक अन्तरले पराजित गर्यो । लाटे लभर्सको जितमा महेन्द्र प्याकुरेलले सर्वाधिक १२ स्कोर गरे ।
त्यस्तै, गर्ल्सतर्फको उपाधि भिडन्तमा सगरमाथाले भ्याली पब्लिक ‘ए’ लाई १५–९ ले हरायो । सगरमाथाको जितका लागि लोरिशा गौचनले १० अंक जोडिन् ।
प्रतियोगिताका दुवै समूहका विजेता टोलीले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । नगद पुरस्कारका साथै विजेता र उपविजेता टोलीका खेलाडीले एन्जल्स हार्टमा प्लस टु अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति पनि पाउने छन् । सहभागी अन्य सबै खेलाडीलाई समेत ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिएका छन् । छात्रवृत्ति पाउन इच्छुक खेलाडीले १० दिन भित्र सम्पर्क गरिसक्नु पर्ने छ ।

समग्र प्रतियोगितामा सगरमाथाकी लोरिशा गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यसैगरी ब्वाइजतर्फ लाटे लभर्सका महेन्द्र प्याकुरेल तथा गर्ल्सतर्फ सगरमाथाकी लाक्षी लामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेता खेलाडी तथा टोलीलाई काठमाडौं हिसानका अध्यक्ष गोपी पराजुली र उपाध्यक्ष शिवप्रसाद अर्याल, काठमाडौं जिल्ला शिक्षा समन्वय इकाइ तालिम विभागका संयोजक युवराज दाहाल, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा तथा सर्व शक्ति सहकारीका प्रबन्ध निर्देशक अमर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको ब्वाइजतर्फ ४० र गर्ल्सतर्फ १४ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण