सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली सेनाले ल्यायो र्‍याप गीत ‘रेन्जर’

आइतबार, ०३ जेठ २०८३, १७ : ४०
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेपाली सेनाले 'रेन्जर' नामक र्‍याप गीत सार्वजनिक गरेको छ।
  • सेनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा सेनाका गतिविधिहरू देखाइएको छ।
  • तीन दिनअघि सार्वजनिक भएको यो गीतले १ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ।

काठमाडौँ । नेपाली सेनाले र्‍याप गीत ‘रेन्जर’ सार्वजनिक गरेको छ । सेनाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सेनाका गतिविधि छन् । 

तीन दिनअघि सार्वजनिक भएको यो गीतले १ लाख ८८ हजार बढी भिउज पाएको छ । 

गीतमा सेनामा रेन्जरको चर्चा बढी छ । रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकुलाई बुझाउँछ । गीतमा प्रताप मगरको शब्द छ । 

गीतको निर्देशक वासुदेव धिमालले गरेका हुन् । गीतमा रबिन लामा, टपेन्द्र कार्की, सुशील थापा लगायतको अभिनय छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप