सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नुवाकोटमा नवौँ ‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’ आयोजना हुने

सोमबार, ०४ जेठ २०८३, १४ : २३
सोमबार, ०४ जेठ २०८३

काठमाडौँ । नवौँ ‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८३’ जेठ २९, ३० र ३१ गते नुवाकोटमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा हालै बसेको प्रतिष्ठानको बैठकले नुवाकाेटकाे विदुर नगरपालिकामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउन लागेको हो । लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष यो प्रतियोगिता चितवनमा आयोजना भएको थियो । प्रतियोगितामा नुवाकोटका स्थानीय स्तरका लोकसंस्कृति प्रवर्द्धनसँगै कलाकारहरूबिच सिर्जनात्मक प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप