‘सरकारको नीति पहिला थुन्ने, अनि सुन्ने’ भएको कांग्रेस सचेतक राईको आरोप
सारांश
- कांग्रेस सचेतक निश्कल राईले सरकार 'पहिला थुन्ने अनि मात्र सुन्ने' नीतिमा अगाडि बढेको आरोप लगाएका छन् ।
- सरकार गठन भएयता सबैभन्दा बढी प्रहार निजी क्षेत्रमाथि भएको र यसले गर्दा निजी क्षेत्रको मनोबल गिरेको राईको भनाइ छ ।
- राईले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने आधार नभएको र चिया निर्यात २० प्रतिशतले घटेको तथ्य प्रस्तुत गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार ‘पहिला थुन्ने अनि मात्र सुन्ने’ नीतिमा अगाडि बढेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले भने, ‘माननीय अर्थमन्त्रीज्यूले अर्थतन्त्रको जहाज मोडेर नयाँ गति दिने र उद्योगी व्यवसायीलाई विना कारण नथुन्ने बाचा गर्नुभएको थियो । तर सरकार गठन भएयता सबैभन्दा बढी प्रहार निजी क्षेत्रमाथि नै भएको छ । सरकार पहिला थुन्ने अनि मात्र सुन्ने नीतिमा अघि बढेको देखिन्छ ।’
सरकार आर्थिक रूपान्तरणको खाका छोडेर उल्टो बाटोमा हिँडेको आरोप राईको छ । सरकारको बोली र व्यवहारमा आकाश–जमिनको फरक देखिएको बताउँदै सचेतक राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नारा दिए पनि व्यवहारमा भने त्रसित बनाएको टिप्पणी गरे ।
राईले प्रतिशोधका आधारमा प्रतिष्ठित उद्योगीहरूलाई थुनामा राखिएको र पछि अदालतको आदेशले उनीहरू बाहिर निस्किएको बताए । सरकारको क्रियाकलापका कारण सिङ्गो निजी क्षेत्रको मनोबल गिराएको बताउँदै राईले भने, ‘सुनिन्छ, उद्योगी व्यवसायी पक्राउ परेको विषय अर्थमन्त्रीज्यूले पनि सञ्चारमाध्यमबाटै थाहा पाउनुहुन्छ । अर्थमन्त्रीको धारणा एउटा र प्रधानमन्त्री कार्यालयको व्यवहार अर्कै हुनु दयनीय अवस्था हो ।’
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि त्यसलाई हासिल गर्ने आधार नभएको राईले बताए । तुलनात्मक लाभ भएको चिया निर्यात अघिल्लो फागुनको तुलनामा २० प्रतिशतले घटेको तथ्य प्रस्तुत गर्दै उनले सरकारले छिमेकी देशको नीतिगत परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न ‘जी टु जी’ माध्यमबाट कुनै पहल नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण