मेस्सीको गोलमा मियामीको जित, नयाँ मैदानको खडेरी समाप्त
सारांश
- लियोनेल मेस्सीले एक गोल र एक असिस्ट प्रदान गरेपछि इन्टर मियामीले पोर्टल्यान्ड टिम्बर्सलाई २-० ले पराजित गरेको छ।
- यो जितसँगै इन्टर मियामीले आफ्नो नयाँ रंगशालामा पहिलो जित निकालेको छ, जहाँ पहिलेका चार खेलमा तीन बराबरी र एक हार बेहोरेको थियो।
- यस जितपछि मियामी १४ खेलबाट २८ अंकसहित इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा उक्लिएको छ।
फ्लोरिडा । लियोनेल मेस्सीले एक गोल गर्नुका साथै अर्को गोलका लागि उत्कृष्ट अवसर सिर्जना गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ।
यो जितसँगै मियामीले आफ्नो नयाँ रंगशालामा पहिलो जित दर्ता गर्न सफल भएको छ । गएको अप्रिलमा २६ हजार ७ सय दर्शक क्षमताको ‘न्यु स्टेडियम’ मा सरेपछि मियामीले यसअघिका चार खेलमा तीन बराबरी र एक हारको सामना गरेको थियो । घरेलु मैदानमा लय समात्न संघर्ष गरिरहेको टोलीलाई जित दिलाउन कप्तान मेस्सीले मुख्य भूमिका खेले।
खेलमा मेस्सीले सटिक बल पासको तालमेल मिलाउँदै बायाँ खुट्टाले शक्तिशाली प्रहार गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए। यो उनको यस सिजनको १२ औँ एमएलएस गोल हो। पहिलो हाफ सकिनु केही समयअघि मेस्सीले पेनाल्टी क्षेत्रभित्र बल बढाउँदै जर्मन बर्टेरामेका लागि सुन्दर अवसर सिर्जना गरिदिए, जसमा बर्टेरामेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
३८ वर्षका पूर्व बार्सिलोना फरवार्ड मेस्सी पछिल्ला चार खेलमा पाँच गोल र छ असिस्ट गर्दै सानदार लयमा देखिएका छन्।
यो जितपछि प्रशिक्षक गुइलेर्मो होयसको टोली १४ खेलबाट २८ अङ्कसहित इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा उक्लिएको छ। टोली शीर्ष स्थानमा रहेको न्यासभिलभन्दा मात्र दुई अङ्कले पछि छ। साविक विजेता मियामी यस पटक पनि एमएलएस कपको उपाधि रक्षा गर्ने दाउमा छ।
विश्वकपको विश्रामअघि इन्टर मियामीले आफ्नो अन्तिम खेल आगामी आइतबार फिलाडेल्फिया युनियनविरुद्ध खेल्ने तालिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण