विप्लवका प्रवक्ता पक्राउ पर्दा वैद्यले निकाले यस्तो विज्ञप्ति, अदालतले दियाे ५ दिन थुनामा राख्न आदेश
काठमाडौं– विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ परेको विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले विरोध गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै वैद्यले आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘ हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’
यसैबीच विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
झण्डै ७ करोड चन्दा संकलनको अभियोगमा पक्राउ परेका विश्वकर्मालाई ५ दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिइएको हो ।
विश्वकर्मालाई काठमाडौं प्रहरीले चन्दा ऐनअन्तर्गत कारबाही र मुद्दा चलाउने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण