सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
पक्राउ

दुर्गा प्रसाईं पक्राउ

सोमबार, ०४ जेठ २०८३, २१ : ११
सोमबार, ०४ जेठ २०८३

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनलाई सोबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
  • प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे खुलाएको छैन ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले रातोपाटीलाई बताए।

उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।

प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले रातोपाटीलाई बताए।

 उनले भने, ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ ।’ प्रसाईं सोमबार नै वीरगञ्ज पुगेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप