सनराइजर्स हैदरावाद प्लेअफमा, चेन्नईमाथि ५ विकेटको जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
चेन्नईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो । हैदरावादको जितमा ओपनर इशान किशनले विस्फोटक ब्याटिङ गर्दै ४७ बलमा सर्वाधिक ७० रनको योगदान दिए । उनलाई हेनरिक क्लासेनले ४७ रन र अभिषेक शर्माले २६ रन बनाएर राम्रो साथ दिएका थिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । चेन्नईका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन जोडे भने कार्तिक शर्माले ३२ तथा सञ्जु सामसनले २७ रनको योगदान दिए ।
बलिङतर्फ हैदरावादका कप्तान प्याट कमिन्सले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । सकिब हुसैनले पनि २ विकेट हात पारे । चेन्नईका लागि मुकेश चौधरीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो महत्त्वपूर्ण जितसँगै सनराइजर्स हैदरावादले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण