शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, ०५ जेठ २०८३, ०७ : ०४
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लक्ष्मण बिक पक्राउ परेका छन्।
  • बिकले प्रहरीको विभिन्न चरणका परीक्षाहरूमा उत्तीर्ण गराई जागिर लगाइदिने आश्वासन दिँदै रकम ठगी गरेका थिए।
  • उनलाई बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरिएको छ।

बाँके । नेपाल प्रहरीको विभिन्न चरणका परीक्षाहरूमा उत्तीर्ण गराई जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर १ गुराँसे बस्ने ३० वर्षका लक्ष्मण बिक रहेका छन्। उनले विभिन्न मितिमा मानिसहरूलाई प्रहरीमा भर्ना गराइदिने आश्वासन दिँदै रकम माग गरी ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार विकलाई गत इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका विकमाथि थप कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप